नयाँ पार्टी बनाउने मिराज ढुंगानाको घोषणा
मेयरसाप डेस्क
|
२०८२ असोज ३१ गते ११:१५
काठमाडौं । जेनजी युवा मिराज ढुंगानाले नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुंगानाले ‘गरिखान देउ’ अभियानमार्फत पार्टी निर्माणमा होमिन लागेको बताएका हुन् ।
ढुंगानाले शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ ।
उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने बताए ।
Facebook Comments