नेपालले सामोआलाई दियो २ सय १२ रनको चुनौती

User Image मेयरसाप डेस्क | २०८२ असोज ३१ गते १९:२१
Image of https://mayorsap.com/storage/photos/10/68f23dffc3d55.jpg

काठमाडौं । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आज आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित खेलमा नेपालले सामोआलाई जितका लागि दुई सय १२ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको योगफल बनायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गर्दै ६९ रनको योगदान दिएका हुन् । त्यसैगरी नेपालका अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडेका हुन् । त्यसैगरी लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडेर आउट भए ।

यता सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए । सामोआ अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 


Facebook Comments