जनकपुरमा प्रहरीले चलायो गो-ली
मेयरसाप डेस्क
|
२०८२ असोज ३१ गते ०७:२२
जनकपुरधाम । जनकपुरको जानकी मन्दिर पछाडि सोनारपट्टीमा प्रहरीले गोली चलाएको छ । एक सुनचाँदी व्यापारीको पसलमा छापा मार्न गएको प्रहरी टोलीले गोली चलाएको हो ।
टोलीमाथि व्यवसायीले घेरा हालेर अवरोध गरेकाले त्यहाँबाट उम्किन २ राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ । बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली शुक्रबार साँझ छापा मार्न पुगेको थियो ।
Facebook Comments