थाइ एसिया एयरको बैंकक–भैरहवा उडान पुनः सुरु

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ९ गते १५:२९
Image of https://mayorsap.com/storage/photos/10/68fddfca5ced9.jpeg

भैरहवा । थाइ एसिया एयरले आज (आइतबार) देखि बैंकक–भैरहवा–बैंकक मार्गमा आफ्नो उडान पुनः सुरु गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार, आज दिउँसो सवा १२ बजे बैंककबाट एयरबस ३२० विमान १७ जना यात्रु लिएर भैरहवामा अवतरण गरेको थियो ।

विमान भैरहवाबाट १६२ जना यात्रु बोकेर दिउँसो १ः१५ बजे बैंककका लागि पुनः उडेको थियो ।

एयरलाइनले यो मार्गमा हप्तामा दुई पटक उडान गर्नेछ । एयरलाइनले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानको अनुमति पाएको छ ।


Facebook Comments