कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक बे*पत्ता, एकको उद्धार

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १२ गते १८:४४
Image of https://mayorsap.com/storage/photos/shares/death.gif

पाल्पा । पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ । आज पौडी खेल्दै गर्दा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए । 

शाहीसँगै पौडी खेल्न जानुभएका १६ वर्षीय विराज न्यौपानेलाई प्रहरी र स्थानीयले भने सकुशल उद्धार गरेका छन् । बेपत्ता शाहीको खोजतलास भइरहेको  प्रहरी निरीक्षक प्रधानले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Facebook Comments