चितवनमा ट्रक र दुईवटा बस ठोक्किएर दुर्घटना हुँदा ३३ जना घाइते
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १४ गते ००:१३
चितवन । भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान बस दुर्घटना भएको छ । आज राति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौँतर्फ गइरहेको बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ३३ जना घाइते भएका छन् । यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।
पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा। प्र। ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा। प्र।०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Facebook Comments