पहिरोका कारण बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १४ गते ०९:०२
Image of https://mayorsap.com/storage/photos/shares/bp-rajmarga.jpg

काठमाडौं । विभिन्न ठाउँमा पहिरो झरेका कारण बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको हो । 

राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसेको छ । 

अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने भएकोले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 


Facebook Comments