तुइन खोला नजिक झर्यो पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १४ गते ००:५९
काठमाडौं। पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड पनि अवरुद्ध भएको छ । तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन। ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।
Facebook Comments