माओवादीसँग मात्र एकतामा जाँदैनौं : रामकुमारी झाक्री

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १४ गते १९:४६
Image of https://mayorsap.com/storage/photos/shares/ramkumari_1.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र माओवादी केन्द्रसँगको पार्टी एकताको विषयमा तीव्र मतभेद देखिएको छ ।

पार्टीको स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले माओवादीसँग मात्र हुने एकतामा आफूहरू सहभागी नहुने अडान सार्वजनिक गरेकी छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकलाई लक्षित गर्दै झाक्रीले भनिन्, ‘माओवादीसँग मात्र यही विद्यमान अवस्थामा हुने एकतामा हामी सहभागी हुँदैनौं। तपाईंहरू जो जो यो एकतामा सहमत हुनुहुन्छ, तपाईंहरूलाई बाधा पार्न चाहन्नौं ।’

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल र झाक्रीसहित केही नेताहरू एकता विरोधी कित्तामा छन् । अर्कोतर्फ, अध्यक्ष माधवकुमार नेपाल र उनीनिकट नेताहरू भने माओवादीसँग एकतामा जानुपर्ने पक्षमा छन् ।

झाक्रीले आफूहरूलाई एकता विरोधी कित्तामा नराख्न समेत आग्रह गरेकी छन् ।


Facebook Comments