काठमाडाैं महानगरले भत्कायो सम्पदा क्षेत्र अतिक्रमण गरी बनेका घर–टहरा
सम्पदा क्षेत्रमाथि पनि डोजर
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १६ गते १८:४५
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सम्पदा क्षेत्र माथि अतिक्रमण गरेर बनाइएका घर, टहरा र संरचनाहरूमाथि डोजर चलाएको छ ।
नगर प्रहरी बलले थापाथली ट्राफिक प्रहरी प्रभाग आसपास रहेको कालमोचन घाट, राम मन्दिर तथा विष्णु लक्ष्मी मन्दिर जस्ता सम्पदा क्षेत्रको जग्गा हडपेर निर्माण गरिएका संरचनाहरू भत्काएको हो ।
नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले यसलाई ’अतिक्रमण भएको सम्पदा क्षेत्र खाली गर्ने महानगरको नियमित प्रक्रिया’ भएको बताए ।
महानगरले दुई दिनअघि मात्रै थापाथलीको गुठीको जग्गामा बनेका अवैध संरचनाहरू भत्काएको थियो ।
Facebook Comments