भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोली चलेपछि...
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १८ गते ००:१४
रुपन्देही । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोली चलेको छ । सोमबार राति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद हुँदा दुवै समूह होटलको गेट अगाडि पुगेपछि गोली चलेको हो।
गोली विवाद गर्नेमध्येको एक समूहले चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने समूहमा रहेका तीन जना फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् ।
Facebook Comments