युएईबाट पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २१ गते ०४:१२
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_1.jpg
तस्बिर : नेपाल प्रहरीकाे फेसबुक पेजबाट

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका रेशम बहादुर राना इन्टरपोलको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परी नेपाल फिर्ता ल्याइएका छन् ।

पर्वत साविक बेउलीबास गाविस–३ ठेगाना भएका रानालाई एनसिबि अबुधाबी युएईको समन्वयमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ ।

रानालाई पर्वत जिल्ला अदालतको २०६९ माघ १५ गतेको फैसलाले २० वर्ष जन्मकैदको सजाय ठहर गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ जेठ १९ गते रेड नोटिस जारी गरेको थियो ।

शुक्रबार नेपाल फिर्ता ल्याइएका रानालाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको छ ।


Facebook Comments