अवैध सम्बन्धका कारण गोली हानी पतिको ह*त्या, पत्नी र प्रेमी पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २३ गते २०:१२
Image of https://mayorsap.com/storage/photos/shares/india-hatya.jpg

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित मेरठ जिल्लामा अवैध सम्बन्धका कारण पतिहरूको हत्या भएका दुई छुट्टाछुट्टै घटना सार्वजनिक भएका छन् । दुवै घटनामा पत्नीहरूले आफ्ना प्रेमीहरूसँग मिलेर पतिको हत्या योजना बनाएको पाइएको छ । प्रहरीले अनुसन्धानका आधारमा दुवै घटनाका आरोपीहरूलाई पक्राउ गरेको छ ।

मेरठको परीक्षितगढ थाना क्षेत्रको अगवानपुर गाउँमा राहुल नामक व्यक्तिको हत्या भएको पहिलो घटना हो । प्रहरीले राहुलकी पत्नी अञ्जली र गाउँकै उनका प्रेमी अजयलाई पक्राउ गरेको ।

प्रहरीका अनुसार राहुलकी पत्नी अञ्जलीको गाउँकै अजयसँग डेढ वर्षदेखि अवैध सम्बन्ध थियो । जब राहुलले उनीहरूको सम्बन्धबारे थाहा पाए र विरोध गर्न थाले, तब अञ्जली र अजयले उनको हत्या गर्ने योजना बनाए ।

नोभेम्बर १० को राति अजयले राहुललाई खेतमा भेट्न बोलाए र गोली हाने, जसबाट राहुलको घटनास्थलमै मृत्यु भयो । भोलिपल्ट बिहान राहुलको शव झाडीमा भेटिएको थियो । एसएसपी मेरठ विपिन ताडाले मोबाइल लोकेसन र कल डिटेल्सबाट प्रमाण फेला परेपछि अजयलाई हतियारसहित नियन्त्रणमा लिइएको जानकारी दिए, साथै अञ्जलीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, मेरठमै अर्को घटना रोहटा थाना क्षेत्रको रसूलपुर गाउँमा भएको छ, जहाँ एक महिलाले प्रेम प्रसंगका कारण आफ्ना ३२ वर्षीय पति अनिल को हत्या गराएकी छन् । प्रहरीले यस घटनामा मृतककी पत्नी काजल, उनका प्रेमी आकाश र प्रेमीका साथी बादललाई पक्राउ गरेको छ ।

एसपी अभिजीत कुमारका अनुसार पत्नी काजलको गाउँकै आकाशसँग अवैध सम्बन्ध थियो र उनीहरू दुवैले मिलेर अनिलको हत्याको योजना बनाए । योजना अनुसार, काजलले पहिले अनिललाई नशालु औषधि खुवाइन्, त्यसपछि आकाश र बादलसँग मिलेर गङ्ग नहर पुल नजिकै सलले उनको घाँटी थिचे । जब अनिल पूर्ण रूपमा मरेनन्, तब उनलाई अधमरो अवस्थामा नहरमा फालिएको थियो ।

प्रहरीले आरोपीहरूको बयानका आधारमा हत्यामा प्रयोग गरिएको सल र नशालु औषधिको पत्ता बरामद गरेको छ । तीनै जनाले अपराध स्वीकार गरे पनि अनिलको शव अहिलेसम्म फेला परेको छैन । प्रहरीले तीनै आरोपीलाई जेल पठाएर शवको खोजी जारी राखेको छ ।


Facebook Comments