उपभोक्ता समितिमार्फत कुनै पनि काम नगर्न मुख्यमन्त्री शाहको निर्देशन
ठेक्का प्रणालीलाई प्राथमिकता दिनू
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २३ गते ०४:५५
बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशभरि उपभोक्ता समितिमार्फत कुनै पनि विकास निर्माणको काम नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
शनिबार बैतडीमा आयोजित जनप्रतिनिधि तथा कर्मचारीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहले आवश्यकता नभएको ठाउँमा बजेट विनियोजन भएको व्यापक गुनासो आएको भन्दै त्यस्ता बजेट कार्यान्वयन नगर्न र सबै योजनाको स्पष्ट कार्यतालिका बनाएर मात्र काम गर्न निर्देशन दिएका हुन् ।
उनले पालिका महासङ्घलाई समेत अति आवश्यक ठाउँमा मात्र उपभोक्ता समितिमार्फत काम गर्ने गरी प्रदेश कानुनअन्तर्गत समेटिने स्पष्ट मापदण्ड निर्धारण गर्न निर्देशन दिएका दिए ।
काम सम्पन्न भइसकेका योजनामा पनि काम नगरेको जस्ता जनगुनासो बढेपछि कार्यतालिका निर्धारण गरी जवाफदेहीपूर्वक काम गर्न मुख्यमन्त्री शाहको निर्देशन छ ।
Facebook Comments