दानबहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं आईजीपी

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २४ गते २३:०९
Image of https://mayorsap.com/storage/photos/shares/danbahadur.jpg

काठमाडौं । नेपाल प्रहरीको ३३ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । 

 ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।


Facebook Comments