प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते २०:१५
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईको निमन्त्रणामा शनिबार बिहान नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार, उहाँ भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि गएका हुन् ।
उनको नेतृत्वमा रहेको भ्रमण दलमा सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेल र शाखा अधिकृत ऋतिका शर्मा सहभागी छन् ।
प्रधानन्यायाधीश राउत मङ्सिर ९ गतेसम्म भारतमा रहनेछन् ।
Facebook Comments