घुस लिएको अभियोगमा बेलायतका पूर्व सांसदलाई १० वर्ष सजाय
No Author Assigned | २०८२ मंसिर ७ गते १३:१६एजेन्सी । युरोपेली संसदमा रुस समर्थक भाषण दिन घुस लिएको अभियोगमा बेलायतका पूर्व सांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ ।
पूर्व सांसद गिलले एक रुसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौं युरो लिएर उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिँदै सोही कुरा टेलिभिजनमार्फत पनि भनेको आरोपमा दोषी ठहर गरिएको हो ।
उक्त बयानमा युक्रेनमा लोकतन्त्रको बारेमा चिन्ता उठाउँदै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरिएको थियो ।
न्यायाधीश बबी चीमा–ग्रबले गिलले महत्त्वपूर्ण अधिकार र विश्वासको पदको दुरुपयोग गरेको तथा सुपरनेशनल विधायिकी निकायको अखण्डतामा सम्झौता गरेको ठहर गरेका थिए ।
गिललाई सन् २०१८ डिसेम्बर र सन् २०१९ जुलाईको बीचमा युक्रेनी राजनीतिज्ञ ओलेग वोलोसिनबाट लगभग ४० हजार पाउण्ड घुस लिएको आठ मामिलामा दोषी ठहर गरिएको छ ।
गिल सन् २०१४ देखि सन् २०२० सम्म यूरोपेली सांसद थिए ।
Facebook Comments