प्रतिनिधि सभा निर्वाचनमा भाग लिन आयोगमा दर्ता हुने दलको संख्या ५६ पुग्यो

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ८ गते १९:००
Image of https://mayorsap.com/storage/photos/shares/election-commision.jpg

काठमाडौं ।  आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । आइतबारसम्म ४० वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आइतबार मात्रै १६ दल दर्ता भएका छन् ।

आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी छन् ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ ।  यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ ।  


Facebook Comments