काँक्रेविहारको जंगलमा झुन्डि*एको अवस्थामा युवायुवतीको शव फेला

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ८ गते १७:४४
Image of https://mayorsap.com/storage/photos/shares/death-body-900px_2.jpg

सुर्खेत। सुर्खेतको काँक्रेविहार जंगलमा रुखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव भेटिएको छ । 

सोमबार बिहान वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका हुन् ।

बिहान घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरूको पहिचान खुल्न सकेको छैन तर युवायुवती दुवै जना २०–२१ वर्षको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।


Facebook Comments