मकवानपुरको भीमफेदीमा भीरबाट खसेकी किशोरीको प्रहरीद्वारा उद्धार
No Author Assigned | २०८२ मंसिर १० गते १०:२१मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक खहरे खोलाको भीरबाट खसेकी एक १४ वर्षीया किशोरीको प्रहरीले उद्धार गरेको छ। सोमबार राति करिब ८ बजे स्थानीय १४ वर्षीया किशोरी रजना स्याङ्तान भीरबाट करिब ५० मिटर तल खोल्सामा खसेकी थिइन् ।
घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी उनी केही समयमै अचानक भीरबाट खसेकी थिइन् । खोल्सामा अड्किएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले जोखिमपूर्ण स्थानबाट सावधानीपूर्वक उद्धार गरी रजनालाई भीमफेदी स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि पु¥याएको थियो।
त्यहाँबाट थप उपचारका लागि उनलाई हेटौडा अस्पताल पठाइएको मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए। प्रहरीका अनुसार उनको बाहिरी चोट नदेखिए पनि ढाडमा केही भित्री चोट लागेको प्रारम्भिक अनुमान छ।
Facebook Comments