प्रहरीले मिराजसहितका जेनजीलाई सिंहदरबारबाट लखेटेर अनामनगरको पुल कटायो

No Author Assigned | २०८२ मंसिर १० गते १३:१६
Image of https://mayorsap.com/storage/photos/shares/miraj-7.PNG

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन सिंहदरबार पुगेका जेनजी समूहलाई प्रहरीले हटाएको छ । आज बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको हो ।

त्यस क्रममा जेनजी समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । सरकारले प्रहरी लगाएर युवाहरूको आवाज दमन गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी समेत गरेका थिए।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले भने निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताएका छन् ।

हिजो पनि २१ वटा जेनजी समूह  सिंहदरबार पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।

 

 


Facebook Comments