नेपाल चाइनिज ताइपेसँग पराजित
मेयरसाप डेस्क
|
२०८२ मंसिर १६ गते २३:०३
इन्डोनेसिया । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो । खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो । चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन् । उनले खेलको ५३ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गरिन् ।
फिफा महिला फुटबलको वरियतामा चाइनिज ताइपे ४२ औँ स्थानमा रहँदा नेपाल ८९ औँ स्थानमा रहेको छ । यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै चाइनिज ताइपेले इन्डोनेसियालाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।
Facebook Comments