बैतडीमा मिनी ट्रक दुर्घटना: चालकको घटनास्थलमै मृ*त्यु

६० मिटर तल खस्यो ट्रक

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते १०:२२
Image of https://mayorsap.com/storage/photos/shares/acc-53.jpg

बैतडी । जिल्लाको सुर्नया गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार, बिहीबार राति सुर्नया गाउँपालिका वडा नम्बर ५ स्थित कठेगौणा भन्ने ठाउँमा भे.१ख. १६३९ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुने ट्रक चालक सुर्नया–४ कौलाडी बस्ने अन्दाजी २९ वर्षीय नरेश महरा हुन् । सडकबाट करिब ६० मिटर तल सुर्नया नदीमा ट्रक खसेको प्रहरीले जनाएको छ ।

ट्रक सुर्नया–४ संन्सेरमाण्डौबाट धनगढी जाँदै थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


Facebook Comments