एमाले सचिवालय बैठक बस्दै, निर्वाचनको तयारीबारे छलफल हुने

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते ०९:५९
Image of https://mayorsap.com/storage/photos/shares/uml_2.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए । “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ”, सचिव डा भट्टराईले भने । 

बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । 


Facebook Comments