प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टीबीच एकता हुँदै
बाबुराम र कुलमान एकै ठाउँमा
मेयरसाप डेस्क
|
२०८२ पुष १३ गते १७:४६
काठमाडौं । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच पार्टी एकताका लागि तीव्र तयारी सुरु भएको छ ।
दुवै पक्षका वार्ता टोलीबीच लामो समयदेखि भइरहेको संवादलाई निष्कर्षमा पुर्याउन आज साँझ शीर्ष नेताहरूबीच निर्णायक छलफल हुँदैछ ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम तामाङका अनुसार, रास्वपासँग एकताको चर्चा चले पनि विलय भएर नजाने अडानपछि प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सहकार्यको प्रक्रिया अघि बढेको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले पनि आफूहरू निरन्तर संवादमा रहेको र पार्टी एकतासम्म पुग्ने लक्ष्य रहेको पुष्टि गरे ।
वैकल्पिक र नयाँ शक्तिहरूलाई एकीकृत गरी बलियो राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले यी दुई पार्टीबीचको एकतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
Facebook Comments