अमरेश कुमारको घुर्की–बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरमै आत्म*दाह गर्छु

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १६:१७
Image of https://mayorsap.com/storage/photos/shares/amresh.PNG

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामेल भएका निवर्तमान संघीय सांसद अमरेश कुमार सिंहले बालेन शाह प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । जनकपुरमा सोमबार आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै सिंहले बालेन प्रधानमन्त्री नबने आफूले आत्मदाह गर्ने घोषणा समेत गरे । 

उनले भने, ‘हामी सीता माताका सन्तान हौं । सीता माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु । म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

उनले बालेन यो देशको ‘महानायक’ रहेको दाबी गर्दै बालेनकै नेतृत्वमा अब मधेसले न्याय पाउने जिकिर गरे । उनले मञ्चबाट आफ्नो गम्छा फिँजाउँदै भने, ‘मधेसको छोरालाई प्रधानमन्त्री बनाउन मधेसी जनतासामु भिख माग्दैछु ।’


Facebook Comments