एमालेबाट काठमाडौँ-५ मा ईश्वर पोखरेल उम्मेदवार

No Author Assigned | २०८२ माघ ६ गते २०:१५
Image of https://mayorsap.com/storage/photos/shares/oli-ishwor.png

काठमाडौं । नेकपा (एमाले)ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र नं ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए। पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आएका छन्।


एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले उक्त क्षेत्रबाट चुनाव लड्ने, नलड्ने टुुंगो लागेको थिए।

२०७९ को चुनावमा पोखरेल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग पराजित भएका थिए।


Facebook Comments