Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बालेनको भाषण सच्याउँदै रविले भने–ठेकेदारलाई डोरीले होइन कानूनले बाँध्ने भनेको हो

User Image मेयरसाप डेस्क | २०८२ फागुन १२ गते १८:०३
Image of https://mayorsap.com/storage/photos/shares/rabi-balen_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले निर्माण व्यवसायीप्रति दिएको एक अभिव्यक्ति विवादित बनेपछि सच्याउने प्रयास गरेका छन् । आज इटहरीमा रबिले बालेनले केही दिन अघि बोलेको ‘ठेकेदारलाई बाँधेर वा थुनेर भए पनि बाटो चाँडो बनाउनुपर्ने’ भन्ने अभिव्यक्तिलाई सच्याउने प्रयास गरेका हुन् ।

बालेनले केही दिनअघि एक भाषणमा ठेकेदारलाई बाँधेर वा थुनेर भए पनि बाटो चाँडो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको विरोधमा निर्माण व्यवसायीहरुले एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति सच्याउन र माफी माग्न चेतावनी दिएको थियो। आज आफ्नो भाषणमा बालेनले यो विषयमा केही टिप्पणी गरेनन् । रविले भने सच्याउने प्रयास गरे । 

उनले भने, ‘रास्वपाले आफ्ना कुरा राख्दा कतिपय मान्छे आत्तिएको देखिएको छ । म निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले विज्ञप्ति निकाल्नु पर्दैन । ठूलारठूला इक्वीपमेन्ट खरिद गर्ने तयारी गर्नुस, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुस । देश विकासको दिशामा अघि बढिसक्यो । हामी असुरक्षित भएका हौं कि भन्नुभएको छ । त्यस्तो हुँदैन। हामीले डोरीले बाँध्ने भनेको होइन, कानूनले बाँध्ने भनेको हो ।’


Facebook Comments