विदेशीसँग विवाह गरेका उम्मेदवारको सूची सार्वजनिक गर्न सर्वोच्चको आदेश
दाबी विरोध गर्ने अधिकार हनन् भएको जिकिर
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते १७:४५
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका विदेशी पुरुषसँग वैवाहिक सम्बन्धमा रहेका महिला उम्मेदवारहरूको नामावली सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो । अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा निर्वाचन आयोगले उम्मेदवारहरूको पूर्ण व्यक्तिगत र पारिवारिक विवरण गोप्य राख्दा दाबी विरोध गर्न पाउने कानुनी अधिकार हनन् भएको जिकिर गरिएको थियो ।
‘मतदाता नामावली ऐन, २०७३’ अनुसार कसैले झुटो विवरण दिएर उम्मेदवारी दिएमा जोसुकैले उजुरी दिन पाउने व्यवस्था छ । विवरण सार्वजनिक नहुँदा उम्मेदवारले दिएको जानकारी सत्य हो वा होइन भनी परीक्षण गर्न र उजुरी गर्न नपाएको रिटमा उल्लेख छ ।
सर्वोच्चले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका यस्ता उम्मेदवारहरूको सूची सार्वजनिक नगर्नुको कारणसहित लिखित जवाफ पेस गर्न आयोगलाई निर्देशन दिएको छ । निर्वाचनको मुखैमा सर्वोच्चले मागेको यो जवाफले उम्मेदवारहरूको योग्यता र नागरिकता सम्बन्धी विवादलाई पुनः चर्चामा ल्याइदिएको छ ।
Facebook Comments