मौन अवधिका बेला ४ लाख नगदसहित जसपा उम्मेदवार यादव पक्राउ
यादवसहित पाँच जनालाई नियन्त्रणमा
मेयरसाप डेस्क
|
२०८२ फागुन २० गते ०८:१३
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिका बीच जनता समाजवादी पार्टी नेपाल (जसपा) का सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्।
नेपाल–भारत सीमावर्ती क्षेत्र माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई प्रहरीले राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त रूपमा जाँच गरेको थियो। सो क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरी स्रोतका अनुसार सवारी साधनबाट मतपत्रसमेत फेला परेको दाबी गरिएको छ। बरामद सामग्री र नगदको स्रोतबारे अनुसन्धान भइरहेको जनाइएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे थप छानबिन जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments