Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

जनता विद्यापीठ मतदान केन्द्रबाट एमाले महासचिव पोखरेलले गरे मतदान

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते ०९:३४
Image of https://mayorsap.com/storage/photos/shares/pokharel.png

दाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिएका एमाले महासचिव पोखरेलले सो विद्यालयको 'क' मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेको मतदान अधिकृत अशोक चौधरीले जानकारी दिए । 

यसैगरी नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएका नेता दीपक गिरीले दङ्गीशरण गाउँपालिका–४ स्थित बैवाङ आधारभूत विद्यालय मतदान केन्द्र 'क' बाट मतदान गरेको मतदान अधिकृत रमेश घिमिरेले जानकारी दिए ।  


Facebook Comments