Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रौतहट-१ का उम्मेदवार अजय गुप्ताले गरे मतदान

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते ०९:५६
Image of https://mayorsap.com/storage/photos/shares/ajay.png

रौतहट । रौतहट क्षेत्र नं १ का उम्मेदवार अजय गुप्ताले मतदान गरेका छन् । उनले गौर नगरपालिका वडा नं ५ मा रहेको गौरी शंकर यादव रौतहट मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन ।

रौतहट क्षेत्र नं। १ मा कूल १ लाख ८ हजार ६९६ मतदाता रहेका छन् । जसमा ६० हजार २ सय ३९ पुरुष र ४८ हजार ४ सय ५७ महिला मतदाता छन् । यस क्षेत्रमा निर्वाचनका लागि ६७ मतदान स्थल र १३२ मतदान केन्द्रको व्यवस्था गरिएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभाका लागि ३९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

 


Facebook Comments