Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते ११:१९
Image of https://mayorsap.com/storage/photos/shares/prachand-in-rolpa.png

काठमाडौं । गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन् ।

चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले आज बिहान मतदान गरेका थिए ।

चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने-५ कमलदह पुगेका हुन् ।

रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा छन् ।


Facebook Comments