भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते २१:५६
भक्तपुर । भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उनले सर्वपक्षीय बैठक बसी मतगणना सुरू गरिने बताए । मतगणना हुने दुवै स्थानमा तारजाली, सिसी क्यामेरासहितको सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ । दुवै मतगणनास्थलमा एकैपटक चार÷चार पकेटमा मतगणना गर्नेगरी तयारी गरिएको छ ।
भक्तपुरका दुई निर्वाचन क्षेत्रका ७६ मतदानस्थलका २३३ मतदान केन्द्रमा कूल ७१ द्यशमलव ४६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
Facebook Comments