आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मेयरसाप डेस्क
|
२०८२ फागुन २४ गते ०६:५७
काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ ।
यस्तै, आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।
Facebook Comments