गोरखा–२ मा रास्वपाका उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी

User Image मेयरसाप डेस्क | २०८२ फागुन २४ गते २१:३२
Image of https://mayorsap.com/storage/photos/shares/kabindra-burlakoti-hbo0r9xaqn.jpg

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे। 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा 'एमाले' का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे ।

कूल एक लाख ८ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 


Facebook Comments