काठमाडौंका १२८ स्थान डुबानको उच्च जोखिममा

८ हजार ३१५ परिवार प्रभावित

User Image मेयरसाप डेस्क | २०८३ जेठ २७ गते १७:४६
Image of https://mayorsap.com/storage/photos/shares/capture_2.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका १२८ स्थानलाई डुबान जोखिम क्षेत्रका रूपमा पहिचान गरेको छ । महानगरको योजना तर्जुमा कार्यदलका अनुसार यी क्षेत्रका करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

महानगरका अनुसार वडा नम्बर १४ सबैभन्दा बढी जोखिममा छ, भने १३, १५, २९, १०, १६, २६, ३२ र १२ पनि उच्च जोखिममा रहेका छन् । प्रभावका हिसाबले वडा नम्बर १६ मा सबैभन्दा धेरै, करिब १ हजार ६ सय परिवार प्रभावित हुन सक्ने आकलन गरिएको छ ।

सम्भावित विपद्का लागि महानगरले पूर्वतयारी तथा प्रतिकार्य योजना पनि लागू गरेको छ । योजनाअनुसार ५१ वटा पार्क, २८ खुला क्षेत्र र ८७ विद्यालयलाई सुरक्षित आश्रयस्थलका रूपमा पहिचान गरिएको छ ।

महानगरले बाढी–डुबानको जोखिम घटाउन नदी, ढल र सडक किनाराको नियमित सरसफाइ तथा अवरोध हटाउने कामलाई तीव्र बनाएको जनाएको छ ।


Facebook Comments