रक्सी–चुरोट रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो स्थानीय सरकारसँग सहयोग

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत देशभरका स्थानीय तहलाई पत्राचार गर्दै नियन्त्रणका लागि बनेका कानुनमा स्थानीय तहको महत्वपर्ण भूमिका रहेको भन्दै ती जिममेवारी निर्वाह गर्न आग्रह गरेको हो ।

No Author Assigned | एक बर्ष अगाडि
Image of storage/news/1722323067.jpg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती चुरोटको सेवन रोक्न भन्दै स्थानीय सरकारसँग सहयोग मागेको छ । 

 

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत देशभरका स्थानीय तहलाई पत्राचार गर्दै नियन्त्रणका लागि बनेका कानुनमा स्थानीय तहको महत्वपर्ण भूमिका रहेको भन्दै ती जिममेवारी निर्वाह गर्न आग्रह गरेको हो ।  सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थ नियन्त्रण गर्न स्थानीय सरकारले विभिन्न १४ वटा गतिविधि गर्न सकिने भन्दै ती बुँदासमेत उल्लेख गरेर पत्राचार गरेको हो । 

 

 

जसमा अर्को व्यक्तिको उपस्थितिमा निजी सवारी र निजी घरमा समेत धुमपान गर्न नहुने, १८ वर्ष मुनिकालाई सुर्तीजन्य पदार्थ बेचविखन र खरिद गर्न नदिनेलगायतका बुँदा समावेश छन् । मदिरा विक्री वितरणका लागि निश्चत समय छुट्याउने, होर्डिङ वोर्डलगायतमा यसको प्रचार प्रसार गर्न नदिनेकाममा पनि मन्त्रालयले स्थानीय सरकारको साथ खोजेको छ ।
 

 


Facebook Comments