शुद्धोदन गाउँपालिकामा सरकारी गाडी प्रयोग गरेर मत मागेको भन्दै स्थानीयको अवरोध

स्थानीयले गाडी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1732781113.jpg

बुटवल । नेकपा एमालेका नेताहरूले कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ मा उपनिर्वाचनलाई लक्षित गरेर सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् ।


लुम्बिनी प्रदेश  विशेष अधिकार समितिका सभापति गिरिधरी लाल न्यौपानेले प्रयोग गर्ने लु.बा  १२९७ नम्बरको गाडी आज (बिहीबार) कपिलवस्तुको  शुद्धोधन गाउँपालिका वार्ड १ को पतरियामा स्थानीयले नियन्त्रणमा लिएका हुन् ।


उक्त गाडीमा प्रदेश सभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम  खनाल,  झविलाल पोखरेललगायत नेताहरूले एमालेका वडाध्यक्षको उम्मेदवार  मोहोम्मद ताहिर मुसलमानको पक्ष मत माग्दै गरेको पाइएपछि नियन्त्रण लिएर गाडी प्रहरीको जिम्मा लगाएको स्थानीय रवि ठाकुरले जानकारी दिएका छन ।


सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि अहिले प्रहरी पठाएको बताएका छन । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी  विश्व प्रकाश अर्यालले घटनाको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन ।
 


Facebook Comments