स्थानीय उपनिर्वाचनमा आचारसंहिता उलङ्घन गरेको भन्दै आयोगले सोध्यो ६ उम्मेदवारसँग स्पष्टीकरण

सामाजिक संजाल मार्फत पनि चुनावी प्रचारप्रसार नगर्न निर्वाचन आयोगको निर्देशन

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1732881030.jpg

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै किर्तिपुर नगरपालिकाका ६ उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ ।

 

अनुमगनका क्रममा आचारसंहिताविपरीत गतिविधि गरेको पाइएको भन्दै कीर्तिपुर नगरपालिकाका राजमान महर्जन, मीनबहादुर मानन्धर, शिवशरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायतसँग स्पष्टीकरण सोधेको हो ।

 

आउँदो आइतबार कीर्तिपुर नगरपालिकाको मेयर, दुई वडाध्यक्षसहित देशका ३८ स्थानीय तहमा ४१ पदका लागि उपनिर्वाचन हुँदै छ ।

 

बिहीबार मध्यरातिदेखि मौनअवधि सुरु भइसकेको छ । मौनअवधि सुरु भएसँगै चुनावको प्रचार प्रसार गर्न पाइँदैन । सामाजिक संजाल मार्फत पनि चुनावी प्रचारप्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 
 
 


Facebook Comments