बीबीसीको १०० प्रभावशाली महिला सूचीमा नेपालकी शिलशिला

हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको बीबीसीले उल्लेख

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1733207615.jpg

 काठमाडौं । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपाली शिलशिला आचार्य पनि परेकी छन् ।

 

बीबीसीले सन् २०२४ को सोमबार प्रकाशित १०० प्रभावशाली महिलाको सूचीमा अटाएकी उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्यायको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् ।

 

हाल अभ्नि सेन्टर फर सस्टेन्एबिलिटीकी निर्देशक रहेकी उनी वातावरणीय समाधान र दिगोपन प्रवर्द्धनमा काम गरिरहेकी छन् ।

 

बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको जनाएको छ।

 

बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन्। 


त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा परेका छन्।

 

यस संस्थाले सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिंदै आएको छ। साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको समेत बीबीसीले उल्लेख गरेको छ।

 

शिलशिला हिमाल सफा गर्ने अभियानमा समेत जोडिएकी थिइन्। उनी संलग्न उक्त अभियानमा हिमालमा आरोहीहरूले छाडेको करिब १ सय १९ टन फोहोर संकलन गरिएको थियो।

 

 


Facebook Comments