कैलालीबाट आधा किलो भन्दा बढी सुनसहित दुई भारतीय नागरिक पक्राउ

User Image मेयरसाप डेस्क | २०८१ पुष ७ गते १६:१२
Image of storage/news/1734860058.jpg

काठमाडौँ । कैलालीबाट आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता  र बर्ष ३४ का सुमित बर्मालाई पक्राउ गरेको हो।


आइतबार बिहान विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्दा सो सुन बरामद गरेको हो ।

 

उनीहरुको साथबाट नगदसहितका केही अन्य सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।


Facebook Comments