जुम्लाको तिला गाउँपालिका ६ बालमैत्री स्थानीय शासन वडा घोषणा!

गाउँपालिकाका अनुसार तिला ६ मा १ सय ९७ घरधुरी रहेको सो वडा पहिलो बालमैत्री वडा घोषणा भएको वडा भएको हो ।

User Image Mayorsap | २०८१ असार २ गते १७:०९
Image of storage/news/1718519825.jpg

जुम्लाको तिला गाउँपालिका ६ बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सुचक पुरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।

 

गाउँपालिकाका अनुसार तिला ६ मा १ सय ९७ घरधुरी रहेको सो वडा पहिलो बालमैत्री वडा घोषणा भएको वडा भएको हो । गाउँपालिका अध्यक्ष रोकायाका अनुसार ५१ वटा सुचक अन्तर्गत ८४ प्रतिशत भन्दा बढी सुचक पुरा गरेकोले सो वडा बालमैत्री घोषणा गरिएको हो ।

 

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सुचक पूरा गर्नुपर्ने उल्लेख छ । जसमा बालबालिका मैत्री वडा हुन बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्ता लगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

 

 

 


Facebook Comments