Ad Image

संविधानले दिएको अधिकार पूर्ण प्रयोग गर्छौं : बालेन शाह

User Image Mayorsap | ११ महिना अगाडि
Image of storage/news/1718455645.jpg

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि शुक्रवार काठमाडौं महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका हुन् ।

मेयर शाहले आर्थिक विकास क्षेत्रतर्फ कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेका छन ।