Ad Image

आज स्थानीय तहको बजेट सार्वजनिक हुँदै

User Image Mayorsap | १० महिना अगाडि
Image of storage/news/1719206059.jpg

आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् ।

 

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार पालिकाहरुले आज बजेट प्रस्तुत गर्न लागेका हुन ।

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन भने बाँकी ७१५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्नेछन् ।