Ad Image

कैलारी गाउँपालिकामा एसइई परीक्षामा सबै अनुत्तीर्ण भएपछि प्रधानाध्यापकसहित पदाधिकारीको राजीनामा माग

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1722160669.jpg

कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका स्थानीयले गाउँमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् ।


श्री राष्ट्रिय माध्यमिक विद्यालयका सबै विद्यार्थी २०८० को एसइईमा अनुत्तीर्ण (नन ग्रेडिङ) भएपछि स्थानीयले प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक सङ्घका पदाधिकारीको राजीनामा माग गरेका हुन् । सो गाउँको आज बसेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रअसहितका पदाधिकारीले राजीनामा दिनु पर्ने निर्णय गरेका छन् ।  

 

श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट ४४ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा कोही पनि उत्तीर्ण भएनन् ।