Ad Image

आठबिसकोट नगरपालिका –१२मा पहिरोले चार घर पुरिए, बस्ती जोखिममा

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722237520.jpg

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१२ को सार्किबारा बस्तीका चार घर पहिरोले पुरेको छ । लगातार भएको वर्षाका कारण गएको पहिरोले आइतबार राति चार घरमा क्षति भएको हो । गिजागाड खोलामा आएको बाढीका कारण सार्कीबारामा पहिरो गएको थियो ।

 

पहिरोमा परेर चार घर भत्किएको र बस्ती नै जोखिममा परेपछि आइतबार बेलुका जोखिममा रहेका १० घरपरिवारलाई वडा कार्यालयमा सारिएको वडा अध्यक्ष खम्मे कुसारीले जानकारी दिए ।

 

स्थानीय नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्कीको र अर्जुन सार्कीको घर पहिरोमा परेर भत्किएका छन् ।