Ad Image

सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले लिने पर्यटक शुल्क बढ्यो

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722246156.jpg

सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले पर्यटकसँग लिने शुल्क बढेको छ ।

 

खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ बाट लागु हुने गरी पर्यटक शुल्क बढाएको हो । यसअघि सबै पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेकोमा अब सार्क र चीनबाहेक देशका नागरिकसँग लिइने शुल्क ३ हजार रुपैयाँ पुर्‍याइएको छ भने, सार्क क्षेत्र र चिनियाँसँग लिने शुल्क भने २ हजार रुपैयाँ यथावत छ ।

 

गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची १३ अनुसार उक्त शूल्क कायम गरिएको जनाएको छ ।