Ad Image

हिमाल आरोहण गर्न रेकी समूह नाम्खा गाउँपालिका–६को लिङखोलामा!

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722407159.jpg

नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लिङखोलामा रहेका हिमालहरुको आरोहण गर्नका लागि एक रेकी समूहको टोली पुगेको छ ।

 

पहिलो पटक आरोहण गर्न लागिएका ती हिमालमा आरोहण गर्ने अवस्था बुझ्न र अध्ययन गर्न टोली सो स्थानमा पुगेको हो ।

 

हुम्लाका पर्यटक व्यवसायी रिन्जिन लामाले आगामी कात्तिक महिनामा लिमीको लिङ खोलामा रहेका पाँच वटा हिमाल चढ्नका लागि आउने टोलीको तयारीका लागि एक टोली स्थलगत रुपमा आएर अध्ययन गरेको जानकारी दिए । टोलीले पाँच वटा हिमालको आरोहण गर्न सकिने निष्कर्ष निकाल्दै काठमाडौँ फिर्ता भएको र अब पहिलो पटक हुम्लामा रहेका हिमालको आरोहण गर्ने बाटो खुलेको छ ।

 

लिङ खोलामा पाँच हजारदेखि छ हजार तीन सय मिटरसम्म उचाइ रहेका हिमाल भएको र ती हिमालहरुको नामसमेत नरहेको अवस्थामा हिमालहरुको आरोहण गर्न लागिएको छ ।