Ad Image

टेम्केमैयुङ गाउँपालिका–९मा श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1721558776.jpg

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् ।

 

वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि सडक तीन सातासम्म  बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए ।


करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो  ।